Section 3
राष्ट्रिय वनको भू-स्वामित्व
(१) राष्ट्रिय वनक्षेत्रको भू-स्वामित्व नेपाल सरकारमा रहनेछ।
(२) नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बिना राष्ट्रिय वनक्षेत्रको भू-उपयोग परिवर्तन गर्न राष्ट्रिय वनको भोगाधिकार कसैलाई उपलब्ध गराउन धितो बन्धकी, सट्टापट्टा वा अन्य किसिमले हक हस्तान्तरण गर्न सकिने छैन।

(३) राष्ट्रिय वनक्षेत्रको भू-उपयोग परिवर्तन गर्ने र भोगाधिकार उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।